|
फाइल फोटो

काठमाडौं : चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ। जाडो बढेसँगै यो वर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ। शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ। महाशाखाले चिसो अझै बढ्न सक्ने बताएको छ। चिसो मौसमका कारण हुने रोगले जनजीवन प्रभावित हुन थालेको छ। 

चिकित्सकहरुले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन्। चिसो मौसमको कारण मानिसहरुमा निमोनिया, दम, स्वासप्रश्वास, हृदयघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मियालगायत रोगहरु लाग्ने भएकाले वृद्धवृद्धा र बालबालिकाहरु त्यसतर्फ सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाव छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले चिसो मौसमको सुरुवातसँगै मानिसहरुलाई निमोनिया, स्वासप्रश्वास, हृदयघात हाइपोथर्मिया लगायत रोगहरुले सताउने भन्दै सतर्क रहन आग्रह गरे। डा. आचार्यले तराईमा जाडोले अत्यन्त सताउने भन्दै तराईका वासिन्दाले जाडोबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.