|

काठमाडौं : सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा वाम गठबन्धनले ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने भएको छ।
प्रक्रिया अगाडि बढाउने विषयमा स्वीकृति दिएको गठबन्धनले तोकिएका राजधानी र नियुक्त भएका प्रदेश प्रमुखको विषयमा भने आफूहरूसँगको सहमतिमा नभई एकलौटी निर्णय गरेको भन्दै आलोचना गर्ने भएका छन्।

तर, गरिएका निर्णय गठबन्धन नेतृत्वको नयाँ सरकार निर्माणपछि उल्टाउनेरनउल्टाउने विषयमा भने अहिले तत्काल ‘मौन’ बसेर ‘पर्खने र हेर्ने’ नीति अख्तियार गर्ने भएका छन्। नयाँ सरकार गठनपछि मात्रै यो विषयमा निर्णय गर्ने गरी अहिले काम हेरिने एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘अस्थायी राजधानी तोक्ने, प्रदेश प्रमुख कसलाई बनाउने भन्ने कुरा सरकारले नै निर्णय गर्ने विषय हो। त्यो पनि सहमतिसाथ गरेको भए राम्रो हुन्थ्यो तर यसमा सरकारले एकलौटी निर्णय लियो, यसप्रति हाम्रो तीव्र आलोचना छ’, सरकारको निर्णयप्रति खनालले भने।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने प्रक्रिया सहमतिमा भए पनि गरिएका नियुक्ति र निर्णयबारे भने आफूहरूको सहमति नभएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.