|

काठमाडौं : पूर्वडीआईजी नवराज सिलवाललाई प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलासा भएको छ। एमालेको टिकटमा ललितपुर –१ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालमाथि सरकारी कागजात किर्ते छानबिन भइरहेको छ।

छानबिनका क्रममा प्रहरीबाट सूचना ‘लिक’ गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ। किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ।

सर्वोच्च अदालतको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रहरी प्रशासनलाई चुनौती दिँदै ‘फरार’ छन्।  स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए। छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ।

‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना 'लिक' गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.