|
फाइल फोटो

काठमाडौं : कृषि क्षेत्रका लागि प्रयोग गरिने जमिन पछिल्लो समय वृद्धि भएको छ। राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा कृषिले ढाकेको क्षेत्रफल विस्तार भएको उल्लेख छ।

प्रतिवेदअनुसार अघिल्ला दुई वर्षको तुलनामा गत आर्थिक वर्ष कृषिमा प्रयोग गरिएको जमिन २.३ प्रतिशतले वृद्धि भएको छ। कृषिमा प्रयोग गरिएको क्षेत्र अघिल्लो वर्षको तुलनामा गत वर्ष ८९ हजार ४ सय ९० हेक्टर बढी विस्तार भएको छ। 

आर्थिक वर्ष ०७३/७४ मा देशभर ४० लाख १६ हजार ५ सय ६ हेक्टरमा खेती लगाइएको थियो। प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा आव ०७२/७३ को तुलनामा १.१ प्रतिशतले कृषिले ढाकेको क्षेत्रफलमा कमी आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.