|

काठमाडाैं : नापी विभागले नेपाल र भारतबीचकाे सीमा विवाद सधैँका लागि  सुल्झाउन अागामी ५ वर्षभित्र दुई देशकाे सिमामा सम्पूर्ण 'सीमा स्तम्भ" निर्माण गरिसक्ने भएकाे छ। नेपाल- भारतबीच रहेकाे १ हजार ८ सय ८० किलाेमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सिमा स्तम्भ रहनेछन्। यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशकाे सहमतिमा निर्माण गरिसकिएकाे छ।

‘नेपाल–भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भइसकेको छ । अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘हामीले आगामी ५ वर्षभित्र यी सबै सीमा स्तम्भ निर्माण गर्ने लक्ष्य लिएका छौं । यसैअनुरुप कार्य अघि बढेको छ।

सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पूरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरिएको छ । यसरी निर्धारित  सीमालाई विभिन्न चरणमा तयार गरिएका सीमा नक्सामा उल्लेख गरिएको र विभिन्न स्थानमा सीमा स्तम्भ स्थापना गर्दै आइएको छ ।

‘पछिल्लो तीन वर्षमा ६ सय ३ वटा सीमा स्तम्भ निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यसै अनुभवका आधारमा बाँकी सीमा स्तम्भ निर्माण गर्न ५ वर्षको समयावधि राखिएको हो,’ भट्टले भने।

सिमालाई लिएर दुई देशबीच विवाद उत्पन्न भएपछि सन्१९८० मा नेपाल भारतले संयुक्त प्राविधिक समिति (जेटिसी) गठन गरेका थिए।जेटिसीलाई सिमा स्तम्भ दुरुस्त राख्ने र स्थानिय  स्तरमा बेलाबेलामा देखिने विवाद समाधान गर्न सिमारेखाकाे रेखांकन,सिमा क्षेत्रकाे नक्सा तथा अावश्यक संख्यामा सिमा स्तम्भ स्थापना गर्ने जिम्मेवारी दिइएकाे थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.