ओखलढुंगा : मोलुङ नगरपालिका– ३ का एक सेवाग्राही योजना सम्झौता गर्न सुब्बा र प्रमुख प्रशासकीय अधिकृत खोज्दै पटक÷पटक सदुमुकाम धाए। उनले प्रमुख प्रशासकीय धिकृत त भेटे, इन्जिनियर भेट्न सकेनन्।
योजना सम्झौता गर्न प्राविधिकको लागत इस्टिमेटमा इन्जिनियरले दस्तखत गर्नुपर्ने कारण देखाएर प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले इन्जिनियरको हस्ताक्षर नभई आफूले गर्न नमिल्ने अडान लिए।
प्राविधिक कौशल घिमिरेले सहजीकरण गरेपछि मात्रै अधिकारीले योजना सम्झौता गरेर पहिलो किस्ता रकम लिए। मोलुङ गाउँपालिका सेवाग्राही दैनिक कर्मचारी खोज्दै सदरमुकाम धाएको भेजिटन्छन्। गाउँपालिकाको सम्पर्क कार्यालय सञ्चालन भइको छ।
गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएरसम्पर्क कार्यालय सञ्चालन गरिएको हो। गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमुकाममा सञ्चालन गरेको विषयमा मोलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शर्माले अहिले योजना भइरहेको बैंक खाता सञ्चालनलगायतका काम सदरमुकामबाटै गरिरहेको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।