|
प्रतीकात्मक तस्बिर

कालिकोट : बालश्रम कहाँ भएको छ भनेर खोज्न कतै जानु पर्दैन, हालै निर्माण भइरहेको एक सरकारी अस्पताल गए हुन्छ।

जिल्ला नेत्रज्योति संघअन्तर्गत जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माणमा बालबालिका प्रयोग भएका हुन्। भवन निर्माणमा लामो समयदेखि बालबालिका प्रयोग भए पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ।

जिल्ला नेत्रज्योति संघले समिति गठन गरेर आँखा उपचार केन्द्रका लागि अपरेसन थिएटर भनव निर्माण गरिरहेका छ। त्यहाँ प्रयोग हुने इँट्टा बालबालिकाले नै बोक्दै आइरहेका छन। जिल्लामा बालबालिकासम्बन्धी काम गर्ने सरकारी तथा गरैसरकारी निकायका व्यक्तिले दिनहुँजसतो यो दृश्य देखिरहेका छन्। तर, उनीहरूले नदेखे झैं गर्दै आएका छन्।

लमोमा समयदेखि बालबालिको क्षेत्रम काम गरिरहेका किडार्क नेपाल कालिकोटको कार्यालय पनि त्यही भवनसँगै जोडिको छ। उनीहरूले पनि केही वास्ता गरेको देखिँदैन।

किडार्क नेपालका कालिकोटका संयोजक तुलाराम पाण्डेल भने आफूले बालबालिकालाई काममा लगाएको नदेखेको बताए । ‘हामी कार्यालयभित्रै हुन्छौं, अलिहेसम्म बालबालिकालाई काममा लगाएका देखेका छैनौं।’ उनले भने। उनले बालश्रम गराउनेलाई प्रमुख जिल्ला अधिकारले कारबाही गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.