|

कपिलवस्तु : बुद्धभुमि नगरपालिका २ को तिलौराकोट साझेदारी वनमा आइतबार दिउँसो बेवारिसे अवस्थामा मानव कंकाल फेला परेका छन्। हरकुर खोला छेउको वनमा भेटिएको कंकालसंगै २ वटा मोवाईल र २ वटा मानव कंकालको टाउकोका अवशेष फेला परेका हुन्।

घटना स्थलको प्रकृति अनुसार चप्पल र कपडाको आधारमा महिला र पुरुषको मानव कंकाल हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

स्थानीयले आइतबार दिउँसो एक बजे जंगलमा मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनसाथ इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी टोली कंकाल भएको स्थानमा पुग्दा कंकाल सहित रातो रङको महिलाको सारी, मोवाइल, चप्पल, जुत्ता छरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय गोरुसिंगेदेखि चार किलो मिटर पूर्वमा रहेको छ।

कंकाल भेटिएको स्थलमा रहेका मोवाइलको आधारमा रुपन्देहीको गैंडहवा गांउपालिका १ का अन्दाजी ३५ वर्षिय दशरथ मल्लाह र सैनामैना नगरपालिका १ की मनकुमारी सुनुवार हुनसक्ने प्रहरीले बताएको छ। एउटा मोवाईलमा भएको नम्बरका आधारमा जानकारी लिँदा रुपन्देही सैनामैना घर भएको र निज मनकुमारीको श्रीमानले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियामा आफ्नी श्रीमती हराएको उजुरी गरेका थिए।

गत मंसिर ८ गते उनी हराएको र दशरथ मल्लाहले लगेको भनेर दिएको निवेदनको आधारमा कंकाल उनीहरुको नै हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक मनोहर श्रेष्ठले बताए। कंकालको थप पृष्टि गर्नका लागि उनीहरुको परिवारलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेमा बोलाईएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.