|

सिमरा : जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको एक आधारभूत विद्यालयमा ७० जना बालबालिका शून्य पूर्वाधारमा अध्ययनरत छन्। जिल्ला शिक्षा कार्यालय बाराले २०६५६ सालमा विद्यालय सञ्चालनका लागि दिएको अनुमतिबाट जिल्लाको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोसे झाडीमा स्थापना गरिएको विद्यालयमा अहिले प्रायः विपन्न र सुकुम्बासी परिवारका बालबालिका भर्ना भएका छन्।

शिक्षा कार्यालयले विद्यालय सञ्चालनका लागि अध्ययन र अवलोकन नै नगरी अनुमति दिएका कारण ७० बालबालिका अहिले चिसोमा कष्ट साथ पठनपाठन गर्न बाध्य छन्। खरले छाएको सानो घरमा सबै कक्षाका बालबालिकाले घरबाटै ल्याएको बोरा र सुकुलको सहारामा कखरा चिन्दै आइरहेका छन्।

विद्यालमया कक्षा १ देखि ४ सम्मका विद्यार्थी एउटै कक्षा कोठामा पढ्न बाध्य छन्। जहाँ जीर्ण भवनमा बस्ने कुर्सी र कालोपाटीको समेत अभाव छ। उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मी चौधरीले जिल्ला शिक्षा कार्यालयाट बालविकास अनुदानमा आएको ६ हजार रुपैयाँ तलबमा जिम्मेवारी सम्हाल्दै आएकी छन्। चौधरीले कक्षा १० सम्म अध्ययन गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.