|

दोलखा : समयमा नै विदेशी मुद्रा सटही हुन नसक्दा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले समस्या व्यहोर्नुपरेको छ।  

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको आयोजनाका लागि आवश्यक विदेशी मुद्रा सटहीका लागि आयोजनाले दिएको निवेदनमा पाँच महिनादेखि नेपाल राष्ट्रबैकले सुनुवाइ गरेको छैन् । 

विदेशी मुद्रा सटहीमा समस्या भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यक सहयोग गरिदिन गरेको अनुरोध भए अनुसार आयोजनाले २०७४ साल असोज ८ गते नेपाल राष्ट्र बैंकमा सटही सुविधा लागि निवेदन दिएको थियो तर पाँच महिना बितिसक्दासमेत स्वीकृति पाउन नसकेको आयोजनाले जनाएको छ। 

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार निर्माणधीन आयोजना पूरा हुनलाग्दा समेत विदेशी मुद्रा सटहीको समस्या समाधान हुन सकेको छैन्। ४ सय ५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्माणाधीन आयोजनको भए पनि अधिकांश भुक्तानी विदेशी मुद्रामा नै गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.