|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याको आठौं विकेट गिरेको छ। 

त्यसअघि सन्दीप लामिछाने एक्लैले केन्याका ५ खेलाडी आउट गरेका छन्। 

सन्दीपले केन्याका एनएन ओधिम्बालाई पबेलियन फर्काउदै व्यतिगत ५ र समग्रमा आठौं विकेट लिएका हुन्।

यसअघि सन्दीपले आर एन पटेललाई शून्य रनमा आउट गरेका छन् भने नेपालका लागि चौथो विकेट लिने क्रममा सन्दीपले आरआर पटेललाई १ रनमा पवेलियन फर्काए।

सन्दीपले ३३ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन्।

वसन्त रेग्मीले नेपालका लागि  तेस्रो विकेट लिएका थिए। उनले  आइए करिमलाई ४२ रनमा आउट गरेका हुन्।

नेपालका लागि पहिलो र दोस्रो विकेट सन्दीप लामिछानले लिएका थिए। उनले डीएम गोन्डारियलाई ४ रनमा आउट गरेका छन्। उनले १८ ओभरको चौथो बलमा गोन्डारियालाई आउट गरेका हुन्।  नेपालका लागि पहिलो विकेट पनि सन्दीपले नै दिलाएका थिए। 

पहिलो विकेट लिने क्रममा लामिछानेले केन्याका एए ओवान्डालाई ४१ रनमा आउट गरे। सन्दीपले १७ ओभरको अन्तिम बलमा ओवान्डालाई बोल्ड गरेका हुन्।   

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

नेपालका बलरहरुमाथि केन्याका ब्याट्सम्यान हावी भएका बेला सन्दीपले लगातार २ विकेट लिएका थिए।

यसबाहेक नेपाली बलर वसन्त रेग्मीले १ विकेट लिए।

नेपाली बलर शरद भेषावकरले केन्याको सातौं विकेट लिएका थिए। शरदले केन्याका गुरुदिप सिंहलाई आउट गरेका हुन्। गुरुदिप ३ बलमा २ रन बनाएर आउट भएका हुन्।

त्यसअघि सोमपाल कामीले केन्याका को ‌‌ओवियालाई पवेलियन पठाएका हुन्। ओवियाले केन्याका लागि ६१ बलमा २७ रन बनाएका थिए।

समाचार तयार पार्दासम्म केन्याले ४४.२ ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.