काठमाडौं : संघीय मन्त्रिपरिषद्ले प्रदेश सरकारअन्तर्गत सातवटा मन्त्रालयमा डेढ सयभन्दा बढी कर्मचारीहरूलाई अस्थायी दरबन्दी स्वीकृत गरेको छ । माघ दोस्रो साता स्वीकृत गरेको मन्त्रालय संरचना र कर्मचारी खटिने शाखाको विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजतत्रांकित विशिष्ठ श्रेणीको सचिवको नेतृत्वमा २१ जना कर्मचारी रहनेछन्।
दुईवटा महाशाखा र चारवटा शाखा रहेन मुख्यमन्त्रीको कार्यालयमा महाशाखाको नेतृत्व सहसचिव र शाखाको नेतृत्व उपसचिवले गर्नेछन्। संघ र प्रदेश सरकारको संरचना र मन्त्रालय संख्या तय गर्न गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको सिफारिसअनुसार सरकारले सात मन्त्रालयको शाखा तय गरेको हो।
समितिले केन्द्रमा १५ र प्रदेशमा सात मन्त्रालय राख्न सिफारिस गरेको छ। यसलाई सरकारले हेरफेर गर्न सक्ने भए पनि तत्कालका लाग प्रदेशमा सातवटा मन्त्रालयको अवधारण तय गरको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। प्रदेशमा सात मन्त्रालय रहने गरी सरकारले कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।