|

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालीन घटनाका उजुरी दिन पुनः एक महिना समय दिएको छ। आयोगले उजुरी संकलन बन्द गरे पनि पीडितले उजुरी दिन पाउनुपर्ने माग गर्दै आएका थिए। सरकारले आयोगको म्याद थप गरेसँगै पीडितको मागअनुसार फागुन मसान्तसम्म उजुरी दिने सकिने व्यवस्था गरेको हो।

आयोगका प्रवक्त प्रा.डा. विष्णु पाठकले पीडितको मागअनुसार उजुरीको समय थप गरिएको बताए। पाठकले भने, ‘आयोगको म्याद थपिएको र पीडितको उजुरीका लागि पनि समय थप गर्नुपर्छ भन्ने माग आएपछि उजुरीका लागि समय थप्ने निर्णय गरिएको छ।’ उनले अब फागुन मसान्तसम्म पीडितले उजुरी दर्ता गर्न सक्ने जानकारी दिए।

आयोगको निर्णयअनुसार पीडितले यसअघि कायम रहेका ७५ जिल्लाका स्थानीय शान्ति समिति सचिवालयमा उजुरी दिन सक्नेछन्। यस्तै, आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिनसक्ने व्यवस्था आयोगले मिलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.