|

कालीकोट : खाँडाचक्र नगरपालिका ६ को दाँहामा ३ लाख ६० हजार वर्गमिटरमा सामूहिक स्याउ खेती सुरु गरिएको छ।

नगरपालिकाको ६ नम्बर वडा कार्यालयको पहलमा स्याउ खेती सुरु गरिएको हो। स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यवसायिक सामूहिक स्याउ खेतीको थालनी गरिएको हो। 

सामूहिक स्याउ खेतीबाट वडाका सबै घरधुरीलाई रोजगारी दिने उद्देश्यले व्यवसायिक खेती सुरु गरिएको वडा अध्यक्ष जगदिश शाहीले बताए। ‘केही समय अगाडिसम्म निश्चित घरधुरीले २/३ बोट स्याउ लगाएइका थिए’, उनले भने, ‘अब वडाको पहलमा नै सामूहिक स्याउ खेतीको सुरुवात गरिएको छ।’

व्यवसयिक स्याउ खेतीका लागि नगरपालिकाले ५० हजार बोट स्याउ, ओखर प्रदान गरेको स्याउको बगंैचा नै बनाएर अब वडालाई रोजगारी दिइने खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘उत्तर र दक्षिण दुवैतिर मोटर बाटो निर्माण कार्य धमाधम भइरहेकोले स्याउ खेतीमा किसानहरू आकर्षित हुन थालेको छन्।’ उनले भने, ‘स्याउ लगाएर यसकोे सामूहिक व्यावसायिक खेती सुुरु गरेको यसबाट नै वडालाई समृद्ध बनाउने लक्ष्य लिएका छौं।’

व्यवसायिक स्याउ खेतीबाट स्थानीयलाई रोजगारी र आम्दानी वृद्धि हुने नगरपालिकाको कार्यक्रम र लक्ष्य छ। त्यसैअनुसार व्यवसायिक स्याउ खेतीमा स्थानीयलाई प्रोेत्साहन गरिएको नगरपालिका उपप्रमुख बिजया विष्टले बताइन्। ‘खाद्यमा आत्मनिर्भर बनाउने अरू कुनै उपाय नै छैन।’ उनले भनिन्, ‘स्याउ खेती लगाएर नै यहाँका स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.