|

काठमाडौं : संघीय फोरम एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनमा लचकता देखाएपछि फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका हुन्।

सरकारमा सहभागी हुन फोरमले संविधान संशोधन, प्रदेश ५ को सीमांकनमा सामान्य हेरफेर, चार मन्त्रालयको नेतृत्व र साझा न्यूनतम कार्यक्रमलगायत विषयमा प्याकेजमा सहमति गर्नुपर्ने र त्यसमा लिखित प्रतिबद्धता जनाउनुपर्ने शर्त राखेको छ।

फोरमले थप प्रतिबद्धता खोजेपछि ओलीले सोमबार सांकेतिक रुपमा मात्रै सरकार विस्तार गरेका छन्। एमाले र माओवादीबाट मन्त्री हुनेको टुंगो लागिसके पनि ओलीले फोरमलाई समेत समेटेर सरकारलाई पूर्णता दिने भन्दै चारजनालाई मात्र सपथ गराएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.