|

काठमाडौं : फागुन २१ का लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरु बीच तीव्र गुटगत 'लबिङ' सुरु भएको छ। प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई आफ्नो पक्षमा पार्न नेताहरुले भेटघाटका लागि भन्दै निवासमै बोलाएर गुटगत आधारमा मतदान गर्न आग्रह गरिरहेका छन्। 

उनीहरुले दलको नेता जसरी पनि आफ्ना गुटमा पार्ने गरी लबिङ बढाउन सांसदहरुलाई समेत गुटभित्रै सक्रिय बनाउन थालेका छन्। दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन्। दलको नेताका आकाक्षी भए पनि सहमति हुने अवस्था नदेखिएपछि महामन्त्री शशांक कोइराला भने पछि हटेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.