|

काठमाडाैं : राष्ट्रपति कार्यालय शीतलनिवासमा साेमबार आयोजित मन्त्रीहरुकाे सपथग्रहण समारोहमा नवनियुक्त चार जना मन्त्री फरक–फरक पोशाकमा उपस्थित थिए।

माअोवादी केन्दबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री न्त्री मातृकाप्रसाद यादवले मातृभाषा मैथिलीमा शपथग्रहण गरे। यादवबाहेक तीनै जनाले नेपाली भाषामा सपथ लिए। 

एमालेबाट रक्षामन्त्रीमा नियुक्त एमाले महासचिव ईश्वर पोखरेल र अर्थन्त्री डा. युवराज खतिवडा दौरासुरुवालमा सजिएका थिए। माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका गृहमन्त्री थापा भने पाइन्ट, सर्ट र कोटमा थिए।

मन्त्री यादवले भने कुर्ता र पाइन्ट लगाएका थिए। मधेसको पहिचानका रुपमा लिइने कुर्तामाथि यादवले गम्छा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.