|

चितवन : गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ। तर, अब अचम्म मान्नु नपर्ने भएको छ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो। यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ।

उन्नत जातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने आवश्यकता देखिएपछि यस्तो प्रविधि ल्याइएको थियो। अमेरिकाबाट भित्र्याइएको बाच्छी मात्रै जन्माउने वीर्य प्रयोग नेपालमा सफल भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यले बताए।

डा. आचार्यले हालसम्म ५० वटा गाईमा परीक्षणस्वरुप वीर्य प्रयोग गरिएकोमा सफल भएको बताए। ‘शतप्रतिशत सफल भएको छ,’ उनले भने, ‘बाच्छी मात्र जन्माउने प्रविधिप्रति कृषकको चासो बढ्दै गएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.