|

काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको छ। संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडाको सिको गरी प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री  राख्ने गृहकार्य थालिएको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयलाई चुस्त राख्न तथा केही महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना वरिष्ठ मन्त्री राख्ने भनेपछि त्यकसको तयारी थालिएको हो। सरकारले हालै स्वीकृत गरी कार्यान्वयनमा ल्याएको कार्यविभाजन नियमावली २०७४ मा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण जस्ता अनुसन्धानात्मूलक निकाय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकोअनुगमनमेत प्रधानमन्त्री कार्यालयमा थपिएको छ।

कार्यालयका एक सचिवले पनि एक वरिष्ठ मन्त्री राख्ने सम्बन्धमा गृहकार्य भइरहेको जानकारी दिए। ती सचिवका अनुसार प्रधानमन्त्री कार्यालयमको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्नेगरी नयाँ संगठन संरचना बनाउन लागिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.