|

काठमाडौं : फागुन २९मा हुने राष्ट्रपति निर्वाचनका लागि संघ र  प्रदेशका सांसद्हरुको मतभार फरक हुने भएको छ। निर्वाचनका लागि कुल ८८४ मतदाता रहेकोमा संघ र प्रदेशका सदस्यकाे मतभार फरक–फरक हुने भएको हो। 

संघीय संसदमा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी  ३३४ सदस्यको मतभार एक सांसद् बराबर ७९ र प्रदेशसभाका  ५५० सांसदको एक सांसद बराबर ४८ हुने भएको छ। 

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक हुने बताए। ‘राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३३४ सांसदहरुको एक सदस्य बाराबर ७९ र प्रदेशसभाका ५५० सदस्यको मतभार ४८ हुने छ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.