|

तेह्रथुम : फेदाप गाउँपालिका सिम्लेका महेन्द्रप्रसाद निङ्लेकु विद्युत् महसुल तिर्न हरेक महिना जिरीखिम्ती बजार पुग्छन्। उनको घरमा मासिक ६० रुपैयाँसम्म बिल उठ्छ। तर, पायक स्थानमा महसुल संकलन केन्द्र नहुँदा चर्को भाडा तिरेर जिरीखिम्तीसम्म आउने उपभोक्ता धेरै छन्।

‘सिम्लेबाट जिरीखिम्तीसम्म ट्याक्सीले सात सय रुपैयाँसम्म भाडा लिन्छ,’ उनले भने, ‘आउँदा–जाँदा ट्याक्सीलाई एक हजार ४०० सय खर्च हुन्छ। खाजा पनि खानै प¥यो। दुई हजार जति खर्च हुन्छ।’

जिल्लाको पूर्वी क्षेत्रका फेदाप र आठराई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भइरहेको छ। महसुल लिने केन्द्र नजिकै नहुँदा ६० रुपैयाँ मासिक महसुल बुझाउन दुई हजार रुपैयाँ खर्च गर्न उपभोक्ता बाध्य छन्। दुई गाउँपालिकाका विभिन्न वडाका एक हजारभन्दा बढी उपभोक्तालाई महसुल बुझाउन जिरीखिम्ती आउन एक दिन लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.