|

काठमाडौं : नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँलाई नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। 

श्रीमती, सासू र ससुरासहति नौजना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ (सकिल मोहम्मद हुसेन) लाई आइतबार कतारबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीषक (डिआइजी) मनोज न्यौपानेले जनाए ।

उनका अनुार नेपाल प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारगिरेपछि विश्वभरी उनको खोजिगरिएको थियो। प्रहरी प्रवक्ता न्यौपानेले कतारप्रहरीले सकिललाई नेपाल ल्याएर हस्तान्तरण गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.