|

काठमाडौं : मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ। देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो। मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो।

बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइसकेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए। करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाएको उनले बताए।

‘ठूला आयोजनामा लगानी गर्न चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकास बैंक स्थापना हुन्छ’, उनले भने। पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिन अझै ६ महिना लाग्ने  राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए।

ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक अवधारणा अघि बढेको हो। गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो। चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.