|

काठमाडौं : माओवादी केन्द्रलाई सभामुखका उम्मेदवार छनोट गर्न सकस परेको छ। पार्टीभित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै ‘लबिङ’समेत थालेका छन्। 

आकांक्षी धेरै भएसँगै सभामुख छनोट र ने्उताहरूको व्यवस्थापन गर्न माओवादीलाई अप्ठ्यारो परेको हो। केही समयअघि गृहमन्त्री चयन गर्न ठूलो सकसमा फसेको माओवादी केन्द्रलाई सभामुख उम्मेदवार चयन गर्न पनि उस्तै सकस परेको हो। शनिबार बस्ने संघीय संसद्को बैठकले प्रतिनिधिसभाको सभामुख चयन गर्नेछ। एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख बाँडेर लिने सहमति भएसँगै सभामुख माओवादीको भागमा परेको हो।

माओवादी नेता कृष्णबहादुर महराले सभाकुखका लागि दाबी गर्दै आएका छन्। निवर्तमान सभामुख ओनसरी घर्तीले पनि दोहोरिने इच्छा देखाएकी छिन्। उनले पूरा कार्यकाल पदमा बस्न नपाएको भन्दै पुनः दोहोरिने इच्छा प्रकट गरेकी हुन्। एमाललेले विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने निर्णय गरेसँगै घर्तीले पनि आफ्नो दाबीलाई बढाउने देखिएको छ।

सभामुखमा माओावादी सचिवालय सदस्य गिरिराजमणि पोखरेलले पनि इच्छा देखाएका छन्। पार्टीका वरिष्ठ नेता नारायणकाजी समूहका पोखरेलले मन्त्रीभन्दा पनि सभामुखमा बढी चासो देखाएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.