|

काठमाडौं : राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको अवस्था अत्यन्तै नाजुक बन्दा चालू आर्थिक वर्षको समग्र बजेटरी खर्च निराशाजनक देखिएको छ। सरकारी लक्ष्यअनुसार बजेटरी खर्च हुन नसकेको चौतर्फी आलोचना भइरहेका बेला तीनवटा राष्ट्रिय गौरवका आयोजनाको बजेट एक रुपैयाँ पनि खर्च नगरेको पाइएको छ।

सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेकामध्ये पशुपति विकास कोष, पोखरा विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि खर्च गरेको छैनन्। यी आयोजनाका लागि क्रमश: ४४ करोड ४१ लाख, पाँच अर्ब र एक अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियो। 

अर्थ मन्त्रालयको तथ्यांकअनुसार ठूला आयोजनाले चालू आर्थिक वर्षको आधा अवधि सकिँदा कुल विनियोजन गरेको बजेटको जम्मा १८ दशमलव ९२ प्रतिशत मात्रै खर्च गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.