|

इलाम : मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ। तर, इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ।

जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो, उत्ति नै बढीभत्ता दिने निर्णय गरेको छ। बसाइँसराइ, व्यवस्त जीवनशैलीर सुविधाभोगी चरित्रका कारण जनसंख्या बृद्धिदर घटेको निष्कर्षसहित नगरपालिकाले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने रणनीति अघि सारेको हो।

नगरपालिकाले विगमा सुत्केरीलाई दिने पोषण सुविधालाई परिवर्तन गर्दै आगामी चैत १ बाट लागू हुने गरी सुत्केरी सेवामा वृद्धि गरेको छ। नगरपालिकाले दुईवटासम्म बच्चा हुनेलाई दुई हजार, तीनवटा बच्चा हुनेलाई तीन हजार, पाँचवटा र सोभन्दा बढी बच्चा हुनेलाई पाँच हजार भत्ता दिने निर्णय गरेको छ।

नगरपालिकाको शुक्रबार बसेको बैठकले प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाको पतिलाई हरेरक पटक १५ दिन बिदा दिने ननिर्णय पनि गरेको छ।

‘इलामको जनसंख्याको वृद्धिदर घट्दो छ, जहाँ जनसंख्या धेरै हुन्छ, त्यहाँ सुविधा पनि बढी हुन्छ,’ नगरप्रमुख महेश बस्नेतले भने, ‘२० वर्षपछि इलाम नगरपालिकालाई उपमहानगरपालिका बनाउन पनि दुई लाख जनसंख्या चाहिन्छ, त्यसैले जनसंख्या बढाउने रणनीतिमा छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.