|

काठमाडौं : तत्कालीन नेकपा माओवादीका तर्फबाट जनयुजद्ध सुरु गर्नुअघि सरकारलाई बुझाइएको ४० बुँदे ज्ञापनपत्रको झल्को दिनेगरी मोहन वैद्यनेतृत्वको क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्रीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ।

तत्कालीन जनमोर्चाका तर्फबाट डा.बाबुराम भट्टराईले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापनपत्रको झल्को दिनेगरी मोर्चाले शुक्रबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो। मोर्चाका अध्यक्ष सीपी गजुरेल नेतृत्वमा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर बुझाइएको ज्ञापनपत्रमा ०५२ सालका केही बुँदा हटेका छन् भने धेरै थपिएका छन्। 

०५२ सालमा तत्कालीन माओवादीले सोही ज्ञापनपत्रका माग पूरा नभएको भन्दै फागुन १ मा ‘जनयुद्ध’ सुरु गरेको थियो। संघीय जनगणतन्त्र स्थापनाको माग गर्दै बुझाइएको ज्ञापनपत्रमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत सम्पूर्ण असमान सन्धि खारेजीको माग गरिएको छ।

ज्ञापनपत्रमा वैदेशिक हस्तक्षेप रोक्न माग गर्दै खुला सिमानाको वैज्ञानिक नियमन गर्न भनिएको छ। ‘चीन र भारतजस्ता निकटतम छिमेकी मित्रराष्ट्रहरूसँग समसामीप्यता र पारस्परिक सम्मान एवं समानताका आधारमा आपसी सम्बन्ध कायम गर्ने नीति अवलम्बन गरियोस्’, ज्ञापनपत्रमा भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.