|

 विराटनगर :  दुग्ध विकास संस्थानले चालू आर्थिक वर्षको आठ महिनामा विदशी बजारबाट १५ करोडको धूलो दूध खरिद गरेको छ। दूधमा अत्मनिर्भर बन्न नसकेकै कारण संस्थानले पाउडर दूध आयात गरेर उपभोक्ताको माग पूरा गर्नु परेको हो।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुँदा सम्म १५ करोडको पाउडर दुध आयात गरिसकेको  डीडीसीले थप १२ करोडको दूध आयात गर्न टेण्डर आव्हान गरेको छ।  आर्थिक वर्षको अन्तिमसम्ममा करिब २७ करोडको पाउडर दूध र करिब १३ करोडको को मख्खन आयात हुने अनुमान डीडीसीले  गरेको छ।

संस्थानको संचालक समितिका अध्यक्ष रघुनाथ गौतमले भने ‘हामी दूधमा आत्मनिर्भर बन्ने अभियानमा छौं तरअहिले नै त्यो सम्भव भइसकेको छैन्। यस वर्ष हामीले करिब २७ करोडको पाउडर दूध आयात गर्नेछौं।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.