|

मलंगवा : बलरा नगरपालिकाका प्रमुख अभयकुमरा सिंहले भाइलाई उपभोक्ता समितिका अध्यक्ष बनाएपछि असन्तुष्टि बढेको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्षले नगरपालिका कार्यालयमा सोमबार तालाबन्दी गरी रिले अनसन शुरु गरेका छन्।

प्रमुख सिंहले नौ किलोमिटर सडक निर्माणका लागि कान्छा भाइ पंकजकुमारलाई अध्यक्ष बनाएको जनाइएको छ। उपभोक्ता समितिका अध्यक्ष परिवर्तन गर्नुपर्ने र विकास निर्माणका काम पारदर्शी हुनुपर्ने मागसहित तालाबन्दी गरेको वडा ९ का अध्यक्ष रामदरेश दासले बताए। नगरप्रमुखका भाइलाइलाई ८० लाख लागतको सडक निर्माण उपभोक्ता निर्माण समितिका अध्यक्ष बनाएको उनले दाबी गरे।

अनियमितता गर्न सिंहले भाइलाई अध्यक्ष भनाएको दासको आरोप छ। नगरप्रमुखले वृद्धभत्तामा पनि अनियमितता गरेको आरोप उनीहरूले लगाएका छन्। मृतकका नाममा पैसा निकालिने गरिएको आन्दोलनरत पक्षको भनाइ छ। उनीहरूका अनुसार कृषि सडक निर्माणका लागि ठेक्का लागे पनि नगरप्रमुख सिंहले पैसा खाने दाउमा त्यसमै पैसा हालेको दासको आरोप छ।

उपभोक्ता समिति भंग गर्न सात दिनको अल्टिमेटम दिए पनि सिंहले बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी र रिले अनशन सुरु गरेको दासको भनाइ छ। २५ दिनसम्म रिले अनशन गर्ने र सुनुवाइ नभए त्यसपछि आमरण अनशन बस्ने उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.