|

काठमाडौं : नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ। राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ। अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ।

राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, जनकपुर शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात रहेको विभागको भनाइ छ।

त्यस्तै, पोखरा शाखासँग ३४ लाख, भैरहवा शाखासँग २१ लाख, नेपालगंज शाखासँग ६७ लाख र धनगढी शाखासँग ७८ लाख रुपैयाँ सिक्का रहेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ। राष्ट्र बैंकसँग भएको सो मौज्दातले डेढदेखि दुई वर्षसम्मको माग धान्न सक्ने बैंकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.