|
फाइल फोटो

काठमाडौं : सरकारले समयमै निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको तीन करोडभन्दा बढी रकम खेर गएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रनेगरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि तीन करोडभन्दा बढी लगानी स्वाहा भएको हो।

अब अहिलेसम्म बनाइएका कंक्रिटका सबै संरचना भत्काइने भएको छ। सरोकारवालासँगको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रानीपोखरी पुनर्निर्माणमा कंक्रिट संरचना भत्काउने निर्णय गरेका हुन्। भूकम्पले क्षतिग्रस्त मन्दिर पोखरी पुनर्निर्माणमा डेढ वर्षअघिदेखि काम भए मौलिक स्वरूप गुमाइएको भन्दै विवादित बनेको थियो।

बिहीबार महानगरपालिका पुगेको पर्यटनमन्त्री अधिकारीको उपस्थितिमा महानगरप्रमुख, उपप्रमुख, पुरातत्त्व विभागका महानिर्देशक, राष्ट्रिय पुनर्निार्माण प्राधिकरणलगायत सरोकारवालासँग छलफल गरी यस्तो निष्कर्ष निकालिएको हो।

कंक्रिट संरचनाले नेपालको मौलिक सम्पदा नासिने ठहर गर्दै अहिलेसम्म बनेका सबै संरचना भत्काउने निष्कर्षमा मन्त्रालय पुगेको छत। महानगरपालिकाले रानीपोखरीमा तीन करोड १० लाख रुपैयाँ बराबरको काम गरेकोमा ३० लाख रुपैयाँ भुक्तानी दिइसकेको छ। विभागले मन्दिरमुनिको भाग र मन्दिरसम्म पुग्ने भागमा गरेको खर्चको विवरण खुलाएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.