|

काठमाडौं : नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरको छ। नोपमला नसर्ने रोगको तथ्यांक ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले ६५ प्रतिशत पुग्दा २५ हजार नेपालीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

नेपालमा ३५.५ पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन्। विश्वमा सूर्तीजन्य पदार्थबाटै बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्माले सूर्तीजन्य पदार्थसम्बन्धी ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके मात्रै पनि त्यसबाट हुने हानी घटाउन सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.