|

काठमाडौं : सरकारले सिण्डिकेट तोडेको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रने बताइरहेका बेला उनीहरुकै सवारी चलाइरहेका चालक र सहचालकलगायतका यातायात मजदुहरु भने सो आन्दोलनमा सहभागी नहुने भएका छन्।

नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विगतमा यातायात व्यसायीले गर्ने हरेक आन्दोलनमा आफूहरु सहभागी हुँदै आएको भए पनि यसपालि पर्ख र हेर को स्थितिमा रहेको बताए। उनले व्यसायीको आन्दोलनमा सहभागी नजनाउने बताए।

उनले आगामी २६ बैशाखदेखि व्यसायीले गर्ने भनेको आन्दोलनमा याताया मजदुहरु कुनै पनि हालतमा सहभागी नहुने बताए। सरकारले यातायात व्यवसायीसमितिहरु खारेज गरेर कम्पनीमा दर्ता हुनुपर्ने नियमावली ल्याएको विरोधमा व्यवसायीहरु सरकारविरुद्ध आन्दोलनमा उत्रने तयारीमा छन्। तर, व्यवसायीले अघिसारेका मागहरुमा यातायात मजदुरहरुको एउटा पनि माग नसमेटिएकोले आफूहरु आन्दोलनमा नलाग्ने निर्णय भएको राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.