|

काठमाडौं :  स्वेच्छिक अवकाश योजना स्थगन गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा हुन चाहने  निजामती कर्मचारीलाई १८ वैशाखसम्म आवेदन दिन समय दिएको छ।

कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाइने तयारीसहित अवकाश रोज्नेलाई घरपायक उपहार दिन नयाँ रणनीति ल्याएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि कर्मचारीलाई घरपायक जागिर दिने योजनासहितको नयाँ मापदण्ड सार्वजनिक गरिसकेको छ। यसअनुसार कर्मचारीले वैशाख १८ सम्ममा आफू कार्यरत रहेको कार्यालयमा नै सरुवा चाहने स्थानीय तह तोकी निवेदन दिन सक्नेछन्। 

यसरी निवेदन दिदाँ कर्मचारीले ५ जिल्लाका कुनै १५ स्थानीय तहको नाम निवेदनमा उल्लेख गर्नु पर्नेछ। सो निवेदन जिल्ला समन्वय समितिमार्फत २१ वैशाखभित्रै सम्बन्धित सेवा सञ्चालन गर्ने मन्त्रालयमा पठाएपछि सरकारले कर्मचारीकाे स्थानीय ठेगाना र आवश्यकता हेरी सकभर माग गरेकै स्थानीय तहमा खटाउनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.