|

ॐ हिन्दु धर्मको पुजनीय वर्ण मात्र होइन र? यसले कसरी अन्य समुदायका व्यक्तिको स्वास्थ्य र समृद्धिलाई समेट्न सक्छ? कि हिन्दुलाई मात्र यो ॐ वर्णले काम गर्ने हो? संभवतः तपाईंको मनमा यही प्रश्न उत्पन्न भयो होला। 

हो, यसले हिन्दु समुदायलाई मात्र समेट्ने कुरा गलत हो। ॐ एउटा यस्तो औषधि हो, जसको सेवनले जुनसुकै वर्ग, धर्म, समुदायका मानिसले आफूलाई डिप्रेसनबाट जोगाउन सक्छन्। आज नेपाल  र भारतभन्दा पनि युरोप, अमेरिकामा यसले व्यापक चर्चा कमाइरहेको छ। 

ॐ उच्चारण गर्दैमा कसरी मान्छेको मनबाट आत्महत्याको जस्तो विचार हराउँछ? यदि फेरि तपाईंको प्रश्न यही हो भने, हो, यसले काम गर्छ। यो विज्ञानद्वारा सिद्ध कुरा हो। त्यसैले आज ॐको लोकप्रियता यति बढिरहेको छ कि यसलाई ‘ॐथेरापी’को रूपमै युरोप र एसियाका थुप्रै देशले सुरु गरिसकेका छन्। 

मानसिक रूपमा पीडित बिरामीहरूलाई मनोचिकित्सकहरू ॐ उच्चारण गराउँछन्। विज्ञान र चिकित्सा क्षेत्रमा जब ॐको प्रभाव देख्न थालियो, तब रिसर्च एण्ड इन्स्टिच्युट अफ न्यूरो साइन्सका प्रमुख प्रोफेसर जिमार्गन र उनको टिमले सात वर्ष लगातार ॐमाथि रिसर्च गर्‍य। तब अद्भुत नतिजा उनीहरूको हात लाग्यो। ॐको उच्चारणबाट मस्तिष्कमाथि गज्जबको नियन्त्रण र थुप्रै रोगहरू, जस्तै : थाइराइड, एन्जाइटी, डिप्रेसन, मुटुसम्बन्धी रोग, रक्त प्रवाह आदिमा पनि फाइदै फाइदा पाइयो। 

प्रत्येक चार महिनाको सेरोफेरोमा मस्तिष्कको लेवल परिवर्तन हुन्छ भन्ने वैज्ञानिकहरूको राय छ, जहाँ ॐको उच्चारणछि मस्तिष्कमाथि अनुसन्धान गर्दा ती मस्तिष्कहरू एकदमै शक्तिशाली र सिर्जनात्मक पाइयो।

जब अ, उ, मको कम्पनले सेराटोनिन शरीरमा उत्पन्न भएर मानिस शान्त हुन्छ अनि व्यक्तिको मनोवैज्ञानिक स्तर कहाँ पुग्छ त? शान्तिको चरणमा। अक्सर मान्छेले तब मात्र आत्महत्याको निधो गर्छ, जब उसको चेतनाको स्तर खस्किएर डिप्रेसन वा अवसादमा पुग्छ। तन, मन र मस्तिष्क शान्त हुनु भनेको व्यक्तिको चेतनाको स्तर अत्यन्तै माथि हुनु हो।

अब एकैछिन यसको विज्ञान बुझौँ। 

ॐ- अब यसलाई टुक्र्याएर हेरौँ। तीनवटा अक्षरहरू मिलेर बनेको छ यो वर्ण– अ, उ, म। अब यहाँ एउटा गजबको कुरो के छ भने नेपाली वर्णमालाका ‘प्राइमरी’ शब्दका रूपमा यी तीन अक्षरलाई बुझ्ने हो भने पनि यसलाई सही मान्न सकिन्छ किनकि यी तीन अक्षरको उच्चारण गर्दा कतै पनि जिब्रोको सहायता चाहिँदैन। जिब्रै थुतिए पनि अ, उ, म उच्चारण गर्न सकिन्छ। यसलाई शास्त्रले सृष्टिको मैलिक ध्वनि (युनिभर्सल साउण्ड)को रूपमा लिएको छ। अब बुझौँ ॐ उच्चारण कसरी र यसको फल के? 

यसलाई उच्चारण गर्ने विधि छ। ॐका तीन अक्षर अ, उ, म स्पष्ट उच्चारण हुन जरुरी छ। ‘अ’ले मनलाई कम्पन गराउँछ, ॐले घाँटी (कण्ठी र थाइराइड ग्रन्थी) र ‘म’ले निधारको बीच भाग आज्ञा चक्र (मस्तिष्क) र पायनियर ग्लाण्डमा कम्पन गराउँछ। यो कम्पनबाट शरीरले एउटा रसायन उत्पादन गर्छ, जसको नाम हो– सेराटोनिन। यो सेराटोनिनले शरीरमा थुप्रै काम गर्छ। तीमध्ये महत्त्वपूर्ण काम यसले शरीरलाई रिल्याक्सेसन (शान्त) बनाउँछ। कतै यही भएर त पूजापाठ, हवनमा ‘ॐ शान्ति ॐ शान्ति ॐ शान्ति’ भनिएको होइन? 

अब सेराटोनिनसहितको विश्लेषण गरौँ। जब अ, उ, मको कम्पनले सेराटोनिन शरीरमा उत्पन्न भएर मानिस शान्त हुन्छ अनि व्यक्तिको मनोवैज्ञानिक स्तर कहाँ पुग्छ त? शान्तिको चरणमा। अक्सर मान्छेले तब मात्र आत्महत्याको निधो गर्छ, जब उसको चेतनाको स्तर खस्किएर डिप्रेसन वा अवसादमा पुग्छ। तन, मन र मस्तिष्क शान्त हुनु भनेको व्यक्तिको चेतनाको स्तर अत्यन्तै माथि हुनु हो। जब प्रत्येक बिहान ३० मिनेट अ, उ, म उच्चारण गरेर आफूलाई शान्त पारिन्छ भने यसले व्यक्तिभित्रको डर, चिन्ता, छटपटी, दिक्दारी आदिलाई पनि शान्त गरिदिन्छ। यी सब चिजहरू हट्नु भनेको व्यक्तिको चेतनाको स्तर माथि बढ्नु हो।

अर्को आश्चर्यको कुरा के छ भने भर्खरै नासाका वैज्ञानिकले पत्ता लगाए, जसलाई ‘साउण्ड अफ सन’ नामले युट्युवबाट पनि हेर्न सकिन्छ। सूर्यबाट निस्कने ध्वनिलाई एकीकृत गरेर सुन्दा त्यसको आवाज पनि ॐ ध्वनि नै हुन पुग्यो। अर्को आश्चर्य! वैज्ञानिकले पत्ता लगाएअनुसार ब्रह्माण्को आफ्नै एउटा ‘फ्रिक्वेन्सी’ छ, जसको मापन गर्दा ४३२ हर्ज रहेछ। हामीले निरन्तर ॐ उच्चारण गर्‍यौँ भने हाम्रो शरीरबाट निस्कने फ्रिक्वेन्सी पनि ४३२ हर्ज हुँदोरहेछ। 

अब यहाँ बुझौँ, ब्रह्माण्डको  फ्रिक्वेन्सी र हाम्रो शरीरबाट निस्कने फ्रिक्वेन्सी बराबर हुँदा यसले पनि हामीलाई प्राकृतिक शान्ति दिने रहेछ। अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाए कि सबै ग्रहहरूले आफ्नै प्रकारका ध्वनि उत्पादन गर्छन्, जसलाई हामी सजिलै सुन्न सक्दैनौँ। ती ध्वनिमाथि अनुसन्धान गर्दा तिनको आवाज ॐसँग मिलेको पाइयो। ॐ ब्रह्माण्डको अनाहद ध्वनि हो, जहाँ शान्त एकान्तमा बसेर ध्यान गरियो भने त्यहाँ ॐको गुञ्जायमान महसुस हुनसक्छ। अब तनमा शान्ति र मनमा आनन्द भएपछि कुन बाटो रोजिएला? आत्महत्या या कर्मसहितका समृद्धि? 

यसका चार चरण बुझिराखौँ । 
१. सहज आसनमा बस्नुहोस्।
२. मेरुदण्ड र गर्धन सिधा राख्नुहोस्।
३. गहिरो सास लिनुहोस्।
४. सास छोड्दै ॐ उचारण गर्नुहोस्।

हामीलाई डिप्रेसन गराउने समस्या कहाँ रहेछ त? समस्या त मन र मस्तिष्कमा रहेछ, जो नचाहिँदो पीडा, भ्रमको खुसी, आवश्यकता भन्दा धेरै प्रेम, अनावश्यक धन, सम्बन्ध आदिको पछि लगाएर तपाईंको मन र मस्तिष्कलाई सधैँ डर, चिन्ता र छटपटीको घर बनाइदियो। त्यही मन र मस्तिष्कलाई शान्त पार्ने प्रक्रिया नै ॐ उच्चारण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.