कञ्चनपुर : प्रदेश – ७ कै ठूलो ओद्योगिक क्षेत्रको वातावरणीण प्रभाव मूल्यांकनको अध्ययनका लागि क्षेत्र तिधारण कार्य अगाडि बडेको छ। कञ्जनपुरस्थित बेदकोट नगरपालिकामा स्थापना हुने दैजी औद्योगिक क्षेत्रको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड् बालाजु काठमाडौंले क्षेत्र निर्धारणका लागि सार्वजनिक सूचना आह्वान गरी कार्य अगाडि बढाएको हो।
औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको नगरपालिकाका नगर प्रमुख असोक चन्दले बताए। औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव कार्यान्वयनका लागि वातावरणीय संरक्षण ऐन २०५३ तथा वातावरणीय संरक्षण नियमावली २०५४ को नियम ३(२) अनुसार वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयार गर्नका लागि नियम ४ अनुसार क्षेत्र निर्धारणको कार्य अगाडि बढाइएको हो।
सो कार्य अन्र्तगत भौतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक र वातावरणीय प्रभाव पर्न सक्ने विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र तथा संघ संस्था र तीनका प्रतिनिधिसँग राय, सुझाव लिने कार्य हुने बताइएको छ। नगरपालिकाको २ र ३ वडा बढी प्रभावित हुने क्षेत्रका रुपमा राखिएका छन। जग्गाको भोगाधिकार प्राप्त भए पछि औद्योगिक क्षेत्रको कार्यले गति लिने छ।
तयार भएको प्रतिवेदनअनुसार दैजी औद्योगिक क्षेत्रमा विभिन्न सेवा तथा उत्पादनसँग सम्बन्धित उद्योगहरु, कार्यालयहरु र सोसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण गरिने छन्। औद्योगिक प्लट, आवाशीय क्षेत्र, प्रशासनीक क्षेत्र, मनोरञ्जन क्षेत्र, पेट्रोल पम्प, धर्मकाँटा, भन्सार, मालवाहक सवारी-साधन पार्किङ क्षेत्र, फोहर पानी प्रशोधन क्षेत्र, वन तथा वफर क्षेत्र र बाटो निर्माण गरिने छन्।
हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो औद्योगिक क्षेत्र स्थापना गर्ने कार्यक्रम अन्र्तगत प्रदेश ७ को दैजीमा औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो। औद्योगिक क्षेत्र २५८.७८ हेक्टर क्षेत्रफल जग्गामा निर्माण हुन लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।