|

काठमाडौं : शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोचच अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्टार राजन भट्टराई र पाँच बटुक मुख्य रजिस्टारको कार्यकक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए।

आठ बटुकले पशुपतिनाथ मन्दिरबाट ल्याएको चन्दनको टीका लगाउँदै सबैतिर जल छर्किए। स्वस्तिवाचन गरेपछि सोझै उत्तरपट्टि रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए। फूल, दुनाटपरी, रंगीविरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो। मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर पूजाआराधनामा व्यस्त रहे। 

कामु प्रधानन्यायाधीश जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नवाधा नपरोस् भनेर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएका हुन्। सत्य न्याय र शान्तिको प्रतीकका रूपमा ज्याय क्षेत्रमा यसको महिमा छ। होम र पूजा सकेर अदालत परिसरमै श्रीयन्त्रको रथयात्रा पनि गरिएको थियो।

ज्योतिषीले जुराएको साढे चार बजेको साइतमा अदालतको भवनमा अगाडिको आँखीभल्यालको टुप्पोमा श्रीयन्त्र पुनः स्थापना गरियो। तिलक लगाउँदै पञ्चामृत र खिर–रोटी प्रसाद वितरण गरी पूजाआजा समापन गरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.