|

काठमाडौं : नकुहिने फोहोर व्यवस्थापन गर्न नसकेर हैरान हुनुहुन्छ? वा घरमा प्लास्टिक, सिसा, पत्रपत्रिका, पुस्तक, इलेक्ट्रोनिक फोहोर वा अन्य यस्तै कुनै नकुहिने फोहोरबाट बिनाबार्गेनिङ मोहोर कमाउन चाहनु हुन्छ? अब कुनै झन्झट पर्नुपर्ने छैन।

ललितपुर महानगरपालिकाले ब्लु टेक्नोलोजी र ब्लु वेस्ट टु भ्यालु प्रालिसँगको सहकार्यमा ‘कवाडी’ नामक एप संचालनमा ल्याएपछि अब घरधनी मात्र होइन, कवाडी संकलकलाई समेत सहज हुने भएको छ।

कवाडी संकलन गर्न कवाडीवालाले समेत कराउँदै वा बार्गेनिङ गर्दै घरघर वा अस्पताल आदि धाउनु पनि नपर्ने भएको छ। पुनः प्रयोग गर्न मिल्ने नकुहिने(अजैविक) फोहोर छ भने मोबाइलबाटै एप प्रयोग गरेर सजिलै घरबाटै बिक्री गर्न सक्नुहुनेछ। मोबाइलमा कवाडी नामको एप डाउनलोड गरेपछि तपाईले त्यसकै प्रयोगबाट आसपासको दुई किलोमिटरभित्र रहेको कवाडीवालाको सूची देखिनेछ। सोही आधारम सम्पर्क गर्न सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.