जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाको जोगिरामा भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्। धनुषाको जनकपुरधामबाट खजूरी जाँदै गरेका बा २ ख ९३८५ नम्बरको बस विदेह नगरपालिका–७ जोगियारामा अनियन्त्रित भई पल्टिदा २१ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीका अनुसार विदेह नगरपालिकाको जोगियारामा खजूरी जाँदै गरेको बसको अगाडीको टायर पडकिदा गाडीबाट चालक हाम फालेर भागेपछि गाडी अनियन्त्रित भई खाल्डोमा गएर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडी चालक फरार रहेको छन् भने, घाइतेहरूको उपचार जनकपुरधामस्थित जनकपुर अंचल अस्पताल र धनुषा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा जनकपुरधाम उप–महानगरपालिका–१६ बस्ने ३१ वर्षिय सुनीता देवी नायक, जनकपुर–१६ बस्ने १२ वर्षिय शिवराज नायक, जनकपुर–१८ बस्ने ६५ वर्षिया सर्वशीय देवी, जनक नन्दनी गाउँपालिका ३ का ४० वर्षिय भुकनी देवी, प्रखे महुवा ३ का ४० वर्षिय रषिक अन्सारी, ५९ वर्षिय रवदा खातुन, १९ वर्षिय रोहित मण्डल, प्रखे महुवा ५ का १९ वर्षिय रंजु देवी, माचि झिटकैयाका ४० वर्षिय सतिला कुमारी मंडल, ४२ वर्षिय उद्गारी दास, ४० वर्षिय भविक्षण पासवान घाइते भएका छन्।
यसैगरी विदेह नगरपालिका ३ गौराहीका १८ वर्षिय संजीव कुमार साह, वफै बस्ने २८ वर्षिय छठिया देवी, लवटोलीका ५० वर्षिय छठु दास, जनक नन्दनी गाउँपालिका खजूरी ४ का ३४ वर्षिय आशा झा, शहिदनगर नगरपालिका १३ तारापट्टीका रामकुमार मुखिया, १४ वर्षिय गोपाल साह, कमला नगरपालिकाका–२ सरावेका ४५ वर्षिय देवकला देवी, १३ वर्षिय पूजा झा, ४ महिनाका बच्चा प्रशांत झा र आयन्स मंडल घाईते भएका छन् ।
त्यसैगरी, थप घाइते हुनेहरूमा जनकपुरधाम उप–महानगरपालिका–१६ का ३१ वर्षिय सुनीता देवी नायक, १२ वर्षिय शिवराज नायक र ६५ वर्षिय सर्वशीय देवी रहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।