राजनीति गर्ने कुनै मनसाय हैन : पूर्वराजा ज्ञानेन्द्र
राजनीति गर्ने कुनै मनसाय हैन : पूर्वराजा ज्ञानेन्द्र
रौतहट : पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्ने मनसाय लिएर नहिँडेको बताएका छन्। रौतहटको मत्सरीस्थित दुर्गा भगवती मन्दिरमा पूजाआजा गर्न आएका शाहले पत्रकारसँग संक्षिप्त कुराकानी गदै यस्तो बताएका हुन्।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै शाहले भने ‘जनताको सहानुभूति छ तर मेरो उद्देश्य राजनीति गर्ने हैन।’ यो व्यवस्थाप्रति तपाईंको धारणा के छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै शाहले भने, ‘म यसबारे केही बोल्दिन।’
यसैबीच उनलाई रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित दुर्गा मन्दिरमा स्थानीयले भव्य स्वागत गरेका छन्। ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै स्थानीयले नारा जुलुससमेत गरेका थिए।
शाहले मन्दिरमा करिब आधा घण्टा पूजा अर्चना गरेका थिए। उनले स्वागतका लागि मत्सरीमा हजारौँ जनाको उत्साहजनक सहभागिता रहेको थियो। शाहलार्इ मत्सरीवासीले अभिन्नदनसमेत गरेका छन्। सो कार्यक्रममा स्थानीय स्वतस्फुर्त रूपमा उपस्थित भएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनय झाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।