|

कपिलवस्तु : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले खाद्यान्न उत्पादनमा किसानहरूले प्रयोग गर्ने बिउमा भइरहेको माफियातन्त्रको अन्त्य गर्ने बताएका छन्।

समयमै किसानहरूलाई बिउ वितरण नगरि बिउमा पाउने अनुदानलाई समेत एकाधिकार कायम राख्ने त्यस्ता माफियातन्त्रको अन्त्य नभएसम्म किसानहरू सधै प्रताडित हुने उनको भनाइ छ।

बुधबार गृहजिल्ला कपिलवस्तु आइपुगेका मन्त्री खनालले बिउ वितरणमा केन्द्रले योजना बनाएर जिल्ला–जिल्ला वितरण गरिने योजना सरकारको रहेको जिकिर गरे। यदि जिल्लाबाट उपयुक्तता नभए पुनः केन्द्रबाट विकेन्द्रित गरिनुपर्नेमा उनले जोड दिए। नेपालमा हाइब्रिड जातको बिउको माग अधिक रहेकोले यस्को उपलब्धताका लागी आफुले सक्दो प्रयास गर्ने मन्त्री खनालको भनाइ थियो। ‘निर्वाहमुखी कृषिले हामीले भनेको समृद्धि सम्भव छैन, यसलाई पूरै व्यावसायिक बनाउनुपर्छ’ उनले भने, “अहिलेको सरकारले युवालाई कृषितर्फ आकर्षित गर्न युवामैत्री कृषि कार्यक्रम ल्याउन लागेको छ।”

मन्त्री खनालले तरकारी खेतीका लागी मलखाद, बिउ विजन, सिचाई सुविधा, कृषि यान्त्रिकरण, सहुलियत ऋण सुविधा लगायतका विभिन्न शिर्षकमा सरकारी स्तरबाट अनुदान प्रदान गरिने पनि बताए। तरकारी उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउन कृषकहरूलाई तरकारी खेती तर्फ उन्मुख गर्न कृषकका लागी थप कार्यक्रम समेत ल्याईने मन्त्री खनालले जनाए। व्यावसायिक कृषिमा जोड दिँदै उनले भने, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ।’’

नेकपाका नेता समेत रहेका मन्त्री खनालले चालु आर्थिक वर्षमा कृषि, वन, मत्स्यपालन तथा शिकारमा ५७ अर्ब २५ करोड कृषिमा बजेट छुट्याएको सरकारले आगामी आर्थिक वर्षमा भने यसलाई वृद्धि गर्दै ७९ अर्ब ५३ करोड पुर्‍याएको बताए। पाँच वर्षमा कृषिको उत्पादन दोब्बर बनाउँदै कृषि सवल अर्थतन्त्र निर्माण गर्न कृषिको व्यवसायीकरण, यान्त्रीकरण गर्न आवश्यक कामहरु गर्ने उल्लेख रहेको मन्त्री खनालले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.