एक होइन तीनपटक चोरिएको छ ट्रफी
एक होइन तीनपटक चोरिएको छ ट्रफी
विश्वकप फुटबलको इतिहासमा निकै अनौठा र आश्चर्यलाग्दा घटना भएका छन्। यस्तैमध्ये एक हो विश्वकप फुटबलको ट्रफी चोरीको घटना, त्यो पनि एक पटक होइन तीन–तीन पटक।
विश्वकपको ट्रफी पहिलो पटक सन् १९६६ मा इग्ल्याण्डबाट चोरी भएको थियो। १८ क्यारेटको सुनले बनेको विश्वकपको ट्रफी अहिलेको भन्दा पुरानो आकारमा सानो तर निकै आकर्षक थियो।
ब्राजिलबाट चोरी भएर हराएको ट्रफी
विश्वकप सुरु हुनुभन्दा चार महिनाअघि प्रदर्शनका लागि विश्वकप ट्रफी इंग्ल्याण्ड लगिएको थियो। सन् १९६६ मा इंग्ल्याण्डमा भएको विश्वकपको उपाधि पनि उसले नै जितेको थियो।
वेस्टमिनिन्स्टर सेन्ट्रल हलमा कडा सुरक्षाबीच प्रदर्शनमा राखिएको विश्वकप ट्रफी आश्चर्यजनक तरिकाले चोरी भयो। पछि चोरले ट्रफी फिर्ता गर्न १५ हजार पाउन्ड माग गर्यो। उक्त जुल्स रिमेट ट्रफी खोज्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो।
चोरी भएको आठ दिनपछि मार्च २७ मा कुकुरले सुँघेर पत्ता लगाएको थियो। झाडीमा फालिएको अवस्थामा ट्रफी भेट्टाएपछि पछि कुकुर र उनका मालिक मालामाल भएका थिए।
ट्रफी फेला पारेको खुशीमा ‘पिकल्स’ नाम गरेको उक्त कुकुरलाई फिफाले जीवनभरका लागि खाने कुरा उपलब्ध गराउने प्रतिबद्धता गर्यो भने कुकुरका मालिक डेभ कोर्बेटलाई पनि ३० हजार पाउन्ड पुरस्कार प्रदान गरियो।
सन् १९७० मा विश्वकपको ट्रफी दोस्रो पटक चोरी भयो। फिफाले नयाँ स्वरूप दिएको ट्रफीलाई तीन पटक विश्वकप जितेपछि ब्राजिलले विश्वकप ट्रफी आफूसँगै रियो दी जेनेरियो लग्यो। पछि सन् १९८३ मा रियोस्थित ब्राजिलियन फुटबल महासंघको कार्यालयबाटै विश्वकप ट्रफी चोरी भयो। तर, यसपटक चोरी भएको ट्रफी भने भेट्टाउन सकिएन ।
ब्राजिलले विश्वकप जित्दा 'हर्टअट्याक' भएर आफ्ना दाजु गुमाएको रिसमा सर्जियो पेराल्टा नाम गरेका व्यक्तिले बदला लिनका लागि ट्रफी चोरी गरेका थिए। दुई अरु सहयोगीसँग मिलेर उनले राति फिफा कार्यालय पुगेर सुरक्षामा बसेका एक जनालाई नियन्त्रणमा लिई ट्रफी चोरेका थिए।
निकै लामो समयको अनुसन्धान र खोजीपछि सर्जियोले चोरेको पत्ता त लाग्यो उनलाई समातियो तर, ट्रफी भने भेटिएन। पुलिसले सर्जियोलाई नियन्त्रणमा लिँदै कुरा खोल्न भने सफल भयो। तर उनले त्यो ट्रफी अर्जेन्टिनाका सुन व्यापरीलाई बेचेको बताए। त्यो स्थानमा पुग्दा व्यापारीले ट्रफी पगालिसकेको थियो। सन् १९८४ मा ब्रजिलले रेप्लिका नामक ट्रफीको सट्टा जुलियो रेमिटलाई प्रदर्शनमा राखेको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।