प्रधानमन्त्री पनि विमानस्थलमा

|

काठमाडौं- मंगलबार काबुलमा भएको आत्मघाती विष्फोटमा ज्यान गुमाएका १२ नेपाली कामदारको शव बुधबार काठमाडौं ल्याइएको छ। नेपाल वायु सेवा निगमको चार्टर विमान मार्फत मृतकको शव ल्याइएको हो। त्यसै विमानमा चढेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली स्वदेश फर्किएका छन्। 

मृतकका परिवारलाई भेट्न र समवेदना प्रकट गर्न प्रधानमन्त्री केपी ओली पनि त्रिभुवन विमानस्थलमा पुगेका छन्। विमानस्थल बाहिर मृतकका परिवार, आफन्त तथा उच्च सरकारी अधिकारीहरुको भीड लागेको छ।

नेपाल फिर्ता आउन लागेका कामदार पनि काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएका थिए। उनीहरु बेलायती साब्रे इन्टरनेसनल मार्फत दूताबासको सुरक्षामा खटिएका थिए । 

सख्त घाइते ५ जना कामदारलाई बुधबार बिहान दिल्ली लगिएको छ। चितवनका मानवबहादुर थापा र नुवाकोटका च्याङ्वा तामाङ्को उपचार भने काबुलमै भइरहेको छ। गम्भीर अवस्था भएकोले तत्काल दिल्ली लान नसकिने चिकित्सकको सुझाव आएपछि उनीहरुलाई दिल्ली नलगिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.