|

मनाङ : पर्यटकीय क्षेत्रको रूपमा चिर परिचित मनाङ जिल्ला अन्नपूर्ण पदमार्गको मुख्य गन्तव्‍यको रूपमा लिइन्छ। भौगोलिक कठिनाइ  भएता पनि प्राकृतिक मनोरमले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको मन प्रफुल्ल बनाउँछ। अग्ला-अग्ला हिमश्रृंखला हिमनदी, हिमताल पर्यटकको आकर्षणका केन्द्र हुन्। अहिले अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा बाह्‍य पर्यटकको घुइँचो लाग्न थालेको छ।

बढ्दो पर्यटकको चापलाई थेग्न होटलहरु थप्नुपर्ने हो। पर्यटको संख्या बढ्दै जानु राम्रो पक्ष रहेता पनि अन्नपूर्ण संरक्षण क्षेत्रले वर्षै पिच्छे ५ प्रतिशत कर बढाउँदा होटल व्‍यवसायीले सुविधासम्पन्न होटल निर्माण गर्न सकेका छैनन्। पर्यटकीय क्षेत्रको रूपमा चिर परिचित मनाङ जिल्ला अन्नपूर्ण पदमार्गको मुख्य गन्तव्‍यको रूपमा लिइन्छ। भौगोलिक कठिनाइ  भएता पनि प्राकृतिक मनोरमले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको मन प्रफुल्ल बनाउँछ।

देशी विदेशी सबैको रोजाइमा परेको थोरङला पास ५४१६ मिटर उचाइ रहेको छ।  बेसीसहरबाट  करिब २० दिनको पैदल यात्रमा पार हुने यस थोरङला पास  अहिले  ९ दिनमा नै पार गर्न सकिन्छ।  पदमार्गलाई मोटर बाटोले  छोटो बनाएको भए पनि पर्यटक  भने पहिलेको तुलनामा बढेका छन्। पर्यटक मनाङ जिल्लाको ताल धारापानी चामे हुँदै माथि मनाङ पिसाङ, घ्यारु, ङाओल,भ्राका र मनाङगाउँ पुगेर दुई तिन दिनको रेस्टपछि थोरङलातिर लाग्ने गर्छन्। थोरङला यात्राको शुरुवात टंकी मनाङ, याकखर्क,लेदर, थोरङ फेदी  र हाईक्यम्प यस क्षेत्रमा पर्ने महत्वपूर्ण ठाउँ हुन्।

हाल पर्यटकलाई सहज होस भनी निर्माण गरिएका होटलहरूले पर्यटकलाई थेग्न सकेको छैन। थोराङ बेसक्यामका होटल व्‍यवसायी पेम्बा गुरुङका अनुसार दिनानुदिन पर्यटकको चाप बढ्दो छ, उक्त चापलाई थेग्न  हाल संचालनमा रहेका होटलहरुले भ्याउन सकेका  छैनन्। पर्यटकको चापलाई ध्यानमा राखेर होटलको संख्या थप्नुपर्ने देखिएको छ। अन्नपुर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने यी ठाउँ  अन्नपूर्ण क्षेत्र मनाङको निगरानीमा रहेको छ। यहाँ निर्माण गरीएका होटल, रेष्टुरेन्ट, भट्टि र चिया पसले कर तिर्नुपर्ने होटल व्‍यवसायी ओङमा छिरिङ घले गुरुङले बताए।

  दैनिक ४ सयभन्दा बढि पर्यटक आउने गर्दा हाल यस क्षेत्रमा रहेका होटलहरुले धान्न गाह्रो परेको  उनले बताए।  अन्नपूर्ण संरक्षण क्षेत्रले अनावश्यक कर बढाएका कारण  होटल व्‍यवस्थित   र आवश्यकता अनुसारको बनाउन नसकेको  घले गुरुङले बताए। याक खर्कदेखि थोराङसम्म बनेका सबै होटल रेस्टुरेन्ट चियपसल अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कुनै निजी जमिन भने छैन। यस क्षेत्रमा निर्माण भई संचालनमा आएका सबै व्‍यवसायीबाट कर लिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवले जानकारी दिए।

होटल व्‍यवसायीले भने वर्षैपिच्छे कर बढाएर आफूहरूलाई व्‍यवसाय गर्न कठिन बनाएको बताएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रले कर बढाएसँगै होटलका संरचना निर्माणमा सहयोग पुर्‍याउनुपर्नेमा रोक लगाएको  ब्यवसायीहरुको भनाइ रहेको छ।होटल व्‍यवसायीले हाल जो जति होटल रेष्टुरेन्ट छन् तिनैबाट पर्यटकलाई सेवा दिँदै आएका छन्। पर्यटकलाई सहज र सुविधाजनक यात्रा गर्न र गराउन अशक्तका लागि घोडाको व्‍यवस्थासमेत गरेको  व्‍यवसायी सोनाम गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.