राजमार्गका दर्जनौँ पुल निर्माण अलपत्र

|

कालिकोट : कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमिटर सडकखण्डमा पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ। राजमार्गको निर्माणपछि उचित मर्मतसम्भार हुन नसक्दा पानी पर्दा हिलो र घाम लाग्‍दा हिलो हुने गरेको हो। कर्णाली राजमार्गको २ वर्षअघि वटाशिल गरिएको भएपनि अहिले उक्किएका कारणले पानी पर्ना साथ हिलो र घाम लाग्दा धुलो हुने गरेको छ।

कर्णाली राजमार्गका निर्माण भएपछि उचित मर्मतसम्भार गर्न सरोकारवाला निकायले ध्यान नदिँदा यो समस्या आएको कालिकोट खाँडाचक्र नगरपालिका–२ का स्थानीय रत्नप्रसाद बरालले बताए। ‘कर्णाली राजमार्ग निर्माण मात्र गरियो।’ उनले भने,‘मर्मत सम्भारमा ध्यान नदिँदा यो समस्या आएको हो।’

कर्णाली राजमार्ग सुर्खेतको बडिचौरदेखि तल्लो डुगेश्वरसम्मको सडक खण्डमा दर्जनौं ठाउँ भत्केर कच्चीभन्दा कमजोर भएको डुगेश्वरदेखि दैलेखको जुम्लाका बिभिन्न ठाउँमा सडकखण्डमा कालोपत्रे उक्किएर सवारी साधन चलाउन कठिन हुने गरेको कर्णाली राजमार्गमा सार्वजनिक सवारी साधन चलाउने ड्राइभर इन्द्र मगरले बताए। ‘कर्णाली राजमार्गमा सामान्य पानी पर्‍यो भने पनि गाडी चलाउनै सकिन्न।’ उनले भने,‘घाम लाग्दा साथ धुलैधुलो हुने गर्छ।’

शाखा सडकले समस्या

कर्णाली राजमार्ग हुदैँ लगेका शाखा सडकका कारणले पनि कर्णाली राजमार्ग बिग्रिदैँ गएको स्थानीयको भनाई छ। कर्णाली राजमार्ग हुँदै शाखा सडक खन्दा माटो ढुङ्गा लगाएतका सडकमा फाल्ने गरेका कारणले कर्णाली राजमार्ग झनझन बिग्रिदै गएको कालिकोटका स्थानीय अनन्त बरालले बताए। ‘कर्णाली राजमार्गबाट शाखा सडक खन्दा ढुङ्गा र माटो सडकमा नै छाड्ने गरेका कारणले राजमार्ग बिग्रिँदै गएको छ।’ उनले भने,‘यसमा पनि स्थानीय सरकारको ध्यान गएको छैन।’

कर्णाली राजमार्ग शाखा सडक खनेका कारणले पनि समस्या भएको त्यसलाई हल गर्नका लागि कुन सडकमा शाखा सडक खन्ने स्थानीय निकाय र उपभोक्ता समितिमार्फत मर्मत गराउने तयारी भएको सडक डिभिजन कार्यालय कार्यालय जुम्लाका इन्जिनियर सर्वणकुमार महताराले बताए। ‘हामीले कर्णाली राजमार्गमार्फत शाखा सडक खन्ने उपभोक्ता समिति र स्थानीय सरकारले खनेका छन्। त्यसका लागि अनुमगनको तयारी छ।’ उनले भने,‘तिनीहरुमार्फत नै सडकको मर्मत गराउने तयारी गरेका छौं।’

कर्णाली राजमार्गका दर्जनौं पुल निर्माण अलपत्र

कर्णाली राजमार्ग अन्तर्गतका दर्जनौ पक्की पुल नबन्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ भने कर्णाली राजमार्ग दुर्घटनाको प्रमुख कारण समेत बन्न पुगेको छ। कालिकोट र दैलेखको सिमानमा पर्ने घट्टेखोला पुल, गोठखोला,  कुमाले खोला, जाक्सी खोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगाड, सिम्ला खोला निर्माण अलपत्र परेका छन्। ठेकेदारहरुले ठेक्का पारेर निर्माणको काम अलपत्र छाडेरका भागेका कारणले पुल निर्माण कार्य अलपत्र परेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.