|

काठमाडौं : युएस बंगला एयरको विमान दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ५१ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको थियो। चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो। दुर्घटनामा परेका नेपालीमध्ये अधिकांश बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विद्यार्थी थिए। 

तिनै नेपाली विद्यार्थीको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। युवा चिकित्सक संघको आयोजनामा काठमाडौंको माइतीघरमा मैनबत्ती बालेर दुर्घटनामा ज्यान गुमाएका बंगलादेशमा मेडिकल पढ्ने विद्यार्थीको सम्झना गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.