गुल्मी: मालिका गाँउपालिका ७ का ७० वर्षीय हजुर बुवाले १३ वर्षीया नातिनीलाई २६ पुस २०७५ मा बलात्कार गरि फरार भए। प्रहरीका अनुसार आरोपितले बालिकालाई धम्की दिँर्दै पटक–पटक बलात्कार गर्दै आएका थिए। बालिकाले आफ्नो बुवालाई घटना बताएपछि बल्ल प्रहरीकोमा १३ माघमा उजुरी पर्यो। बलात्कारपछि भागेर भारतको आसाममा बस्दै आएका उनलाई आफन्तको सुराकीको आधारमा घर फर्कदै गर्दा प्रहरीले २४ माघमा तम्घासबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेततले जानकारी दिए।
गुल्मीको इश्मा गाउँपालिका ५ इस्मा रजस्थलका ३७ वर्षीय एक व्यक्तिले आफ्नै १० वर्षीया छोरीलाई २ असोजमा यौन दुर्व्यवहार (अप्राकृतिक मैथुन) गरे। धुर्कोट गाउँपालिका ६ रजस्थलका ३५ वर्षीय एक व्यक्तिले ५२ वर्षीया आफ्नै काकीलाई ९ मंसिरमा बलात्कार गरे। त्यस्तै, धुर्कोट गाउँपालिका ५ मा २६ वर्षीय दाजुले १६ वर्षीया बहिनी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए।
जिल्लामा बलात्कार गर्नेहरूको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा ११ वटा बलात्कारका उजुरी परेका छन्। बलात्कारका घटनाले सिंगो घरपरिवार र समाज असुरिक्षत बन्दै गएको महिला अधिकारकर्मी हिरा कुवंरले बताउँछिन्। ‘बाबुबाट छोरी र दाजुबाट बहिनी बलात्कृत हुने घटनाले महिला र बालिका आक्रान्त बनेका छन्, ’उनले भनिन्,‘ अब परिवारमा कसको विश्वास गर्ने?’
जिल्लामा एक ६ वर्षीया बालिकादेखि ८८ वर्षीया वृद्धा बलात्कृत भएको विभिन्न तथ्यांकले देखाएको छ। इस्मा दर्लामचौरका एक युवाबाट गत फागुनमा ६ वर्षीया बालिका बलात्कार भइन्। त्यस्तै मालिका गाउँपालिका ५ छापहिलेकी ८८ वर्षीया वृद्धालाई गत पुसमा १६ वर्षका एक किशोरले बलात्कार गरे। त्योसँगै इस्मा गाउँपालिका ५ का ५६ वर्षीय धनबहादुर चुँदाराले भदौमा मानसिक सन्तुलन नभएकी ३५ वर्षीय युवतीलाई बलात्कार गरे। सो गाउँपालिकामै एक महिनापछि अर्को अपांग महिला बलात्कारको शिकार भइन्। इस्मा गाउँपालिका ३ दर्लामचौरका ३६ वर्षीय देवबहादुर सार्की गत असोजमा २० वर्षीय अपांक महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
एक वर्षमा छ जना बालिका र पाँच महिला बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रवीन्द्र खड्काले बताए। छ जना बालिकामध्ये एक जना बाबुबाट, एक जना हजुरबुवा, एक जना दाजु र तीन जना अन्य व्यक्तिबाट बलात्कृत भएको खड्काले बताए। त्यस्तै पाँच जना महिलामा दुई जना आफन्तबाटै, दुई जना सुस्त मनस्थिती भएका र एक जना महिला अन्य व्यक्तिबाट बलात्कृत भएको प्रहरीले जनाएको छ।
त्यस्तै हत्याका उजुरी पनि बढेका छन्। अत्यधिक मदिरा सेवनका कारण मदाने गाउँपालिका ७ का दुर्गा नेपाली र मुसिकोट नगरपालिका ४ का पंकज कुमालले श्रीमतिको वीभत्स हत्या गरे। गुल्मीमा बलात्कार र अपराधको प्रमुख कारण मदिरा बनिरहेको छ। आफ्नै छोरी बलात्कार, काकी र नातिनी बलात्कार पनि मदिराकै झोकमा भए। एक वर्षमा भएमा दुई हत्या र ११ बलात्कारको कारण मदिरा सेवनपछिको आवेकनै प्रमुख भएको जिल्ला प्रहरी प्रमुख बस्नेतले बताए।
मदिराका कारण आफ्नै छोरी बलात्कार गर्नेदेखि श्रीमतीको हत्या गर्नेसम्मका घटना भएका छन्। ‘धेरै घटनामा अनुसन्धान गर्दा बलात्कार अपराधको कारण मदिरा देखिन्छ,’ बस्नेतले भने, ‘यसको नियन्त्रण र सचेतना आवश्यक छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।