|

काठमाडौं : सार्वजनिक भएको समायोजनको सूचीको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरूका कारण उपचार गर्न अस्पताल पुगेका बिरामीहरूको बिजोग भएको छ।

चिकित्कहरूको आन्दोलनले गर्दा बिरामीहरू मर्कामा परेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा जबरसस्‍ती ओपिडीको टिकट बाँडियो। तर, आएका बिरामीलाई टिकट दिए पनि उपचार गर्ने चिकित्सक नभएपछि बिरामीहरू रित्तै फर्किएका छन्।

प्रहरी हस्तक्षेप गरी टिकट काउन्टर खुलाइए पनि बिरामी जाँच गर्न भने समस्या भएको छ। अस्पताल विकास समितिबाट २५ जना चिकित्सक छन्। अरू बहुसंख्यक सबै आन्दोलनमै हो। यसले टिकट काटे पनि बिरामीलाई उपचार सेवा दिन समस्या भएको अस्पतालका एक चिकित्सकले बताए।

आन्दोलनमा रहेका चिकित्‍सकहरूले भने उपचारका लागि आएका बिरामीकोहरूको समस्यालाई बुझेर अस्पतालको प्रांगणमा नै ओपिडी सेवा दिएका छन्।
आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेका अनुसार बिरामीहरुलाई अप्ठेरो नपरोस् भनेर आफूहरूले बाहिरबाटै ओपिडी सेवा दिएको बताए। उनले भने, 'हामी पनि एक नागरिक हौँ जसले जनताको पीडा हामीले बुझ्‍नुपर्छ, भनेरै हामीले बाहिरैबाट सेवा दिएका हौँ, यद्यपि हाम्रो आन्दोलन भने जारी छ।'
यस्तै, आफूहरुले सरकारी टिकटमा भन्दा आफूहरुकै संको लेटरप्याडबाट सेवा दिएको बताए।'उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई संघीयता विरोधीको संज्ञा दिइसकेका छन्।

उनले ऐन अनुसार समायोजन भएको र यसमा कुनै पनि बहानामा सम्झौँता हुन नसक्ने प्रस्‍ट पारेका छन्। मन्त्रालयका अधिकारीहरु पनि ऐनविपरीत गएर कुनै बार्ता र सम्झौता नहुने बताउँदै आएका छन्। सरकारी चिकित्सकहरू भने आफूहरूलाई संघअन्तर्गत राखेर समायोजन गर्नुपर्ने बताउँदै आएका छन्।

पटकपटक सहमति गरेर आफूहरूलाई सरकारले धोका दिएको दाबी गर्दै आएका चिकित्सकले यसपालि आफूहरूको आन्दोलन वार कि पार पार्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।

यसपालि आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने चिकित्सक संघले यसअघि नै घोषणा गरिसकेको छ। उनीहरूले आजबाट कुनै पनि स्वास्थ्य संस्थाबाट मेडिकलको कुनै पनि ‍औपचारिक सेवा नदिने र बैठक, तालिम तथा गोष्ठीहरूमासमेत भाग नलिने घोषणा गरेको छन्।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.