|

गुल्मी : गुल्मीमा जिप दुर्घटना हँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५ का पूर्व सांसद ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका-१  नेटाका  ८ वर्षीय वशकर  बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

लु१ज १९५७ नं को जिप मालिका गाउँपालिका दर्लिङदेखि  बुटवलका लागि छुटेको जिप मुसीकोट नगरपालिका १ चैनडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी  निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए।

जिप सडकदेखि १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि सदरमुकाम तम्घास ल्याइँदै गरेको प्रहरीले जनएको छ।  

गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद भण्डारी गम्भीर घाइते 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.