|

काठमाडौँ : सोमबारबाट सुरु हुन लागेको संसद्‍को बजेट अधिवेशनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको सुरुमा शीर्ष नेताहरुले शुभकामना सन्देशसहित सम्बोधन गर्ने भएका हुन् । 

बजेट अधिवेशनको पहिलो दिन सोमबार अपरान्ह ४ बजेट बैठक बस्दैछ । बैठकअघि संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । यही बैठकले विभिन्‍न दलका सांसदहरुले बोल्ने टुंगो गरेको हो । 

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपाका उपनेता सुवास चन्द्र, संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ, राजपाबाट एकजनाले बोल्नेछन् । त्यसैगरि सांसदहरु राजेन्द्र लिङ्देन र डा. बाबुराम भट्टराईले पनि बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

बजेट अधिवेशन सुरु हुने भएपछि आइतवार सत्तारुढ र प्रतिपक्षी दलको बैठक बसेको थियो । सरकारले प्री-बजेट छलफल नगराउने थाहा पाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ने जनाएको छ। 

उसले प्री-बजेट छलफल गरेर मात्रै सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने अडान लिएको छ । आइतवारै सभामुख कृष्णबहादुर महराले कांग्रेसलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वा गर्न अपिल गरेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.